गोल्डेन ओक १२ औँ कृति अर्वाड्स-२०७९ भाद्र २६ मा हुने

गोल्डेन ओक १२ औँ कृति अर्वाड्स-२०७९ भाद्र २६ मा हुने

केन्द्रबिन्दु
0
Shares

नेपाल विज्ञापन संघ (आन)  ले कृति अर्वाड्स १२ औँ संस्करण यस वर्ष गोल्डेन ओक १२ औँ कृति अवार्डस् भाद्र २६ गते गर्ने घोषणा गरेको छ । 

नेपालको विज्ञापन सृजनशीलतालाई सम्मान गर्ने उद्देश्यले २०६० साल देखि सुरु गरेको कृति अवाड्स अन्तरगत यस वर्षको कार्यक्रमको टाइटल स्पन्सर हिमालयन डिष्टीलरी लिमिटेडको गोल्डेन ओक ब्राण्ड रहेको छ । राजधानीमा बिहीबार कार्यक्रम घोषणाका लागि आयोजित कार्यक्रममा संघका तर्फबाट अध्यक्ष सोम प्रसाद धिताल र कम्पनिका तर्फबाट जावलाखेल ग्रुप अफ इण्डष्ट्रिजका ग्रुप कार्यकारी निर्देशक सशीन जोशीले हस्ताक्षर गरे । 

आनले हरेक वर्ष आयोजना गर्दै आएको उक्त कार्यक्रम कोभिड १९ महामारीका कारण विगत २ वर्ष हुन सकेको थिएन । कृति अबार्डस् विज्ञापन क्षेत्र लगायत सबै मिडिया र बिज्ञापनदाताहरुको सामुहिक उत्सवको रुपमा आयोजना गर्ने  गरिएको छ । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै जावलाखेल ग्रुप अफ इण्डष्ट्रिजका ग्रुप कार्यकारी निर्देशक जोशीले मुलुककै समग्र संञ्चार क्षेत्रको समसामयिक, व्यसायिक परिस्थिति झल्काउने यस प्रतिष्ठितको कार्यक्रममा आफ्रनो समुहलाई सहभागी गराउन पाएकोमा खुसी व्यक्त गर्दै भविष्यमा पनि सहकार्य गर्न सकिने कुरा बताए । 

त्यसैगरी नेपाल विज्ञापन संघका अध्यक्ष धितालले प्रमुख प्रायोजक हिमालयन डिष्टीलरी लिमिटेड र गोल्डेन ओक ब्राण्डलाई कार्यक्रम प्रायोजनका लागि धन्यवाद व्यक्त गर्दे भविष्यमा पनि नेपाल विज्ञापन संघ र जावलाखेल ग्रुप अफ इण्डष्ट्रिज बिचमा सहकार्य रही रहने विश्वास व्यक्त गरे । 

गोल्डेन ओक १२औँ कृति अवाड्समा २०७६ वैशाख १ देखि २०७८ चैत्र मसान्तसम्म भए गरिएका विज्ञापन तथा प्रवर्द्धनात्मक रचना तथा कामहरुलाई समावेश गरिने छ । संघका सदस्य एजेन्सीहरुले २०७९ श्रावण ५ गते देखि भाद्र ४ गते सम्म मनोनयन दर्ता गर्न सकिने कुरा पनि संघले जनाएको छ । 

सृजनशीलताको लागि प्रतिस्पर्धात्मक सम्मानका रुपमा आयोजना हुँदै आएको कृति अवार्डको १२औँ संस्करण गोल्डेन ओक १२औँ कृति अवाड्समा विज्ञापन सृजनशीलता सम्बद्ध मेनस्ट्रीम, टेक्निकल र क्याम्पियन क्याटेगोरीमा गरी विभिन्न ३१ विद्यामा पुरस्कृत गरिने छ । कार्यक्रममा परेका मनोनयनहरु छनौट तथा मुल्यांकनका लागि सूचना, संचार, विज्ञापन र मार्केटिङ क्षेत्रका विज्ञ प्राध्यापक डा. विजय केसी, प्राध्यापक डा. भोजराज अर्याल र सुजनराजा श्रेष्ठ सम्मिलित ३ सदस्यीय प्रमुख निर्णायक मण्डल गठन गरिएको छ । 

यसका अतिरिक्त विभिन्न विद्यामा परेको मनोनयनहरूलाई सम्बन्धित क्षेत्रका विज्ञ प्रतिष्ठित व्यक्तित्व तथा बिशेषज्ञहरुसहित करिब २५ जना संलग्न हुने छुट्टाछुट्टै निर्णायक समितिहरु रहनेछन् ।
 

Skip This
Skip This
Logo