पेट्रोलको भाउ आकाशिँदै जादा नेपालमा इलेक्ट्रिक सवारी साधनको बजार बढ्दै गएका बेला जनकपुरसमेत इलेक्ट्रिक भेइकलको शोरुम सञ्चालनमा आएको छ । बिहीबार जनकपुरको विश्वकर्मा चोकमा लेभ्निङ इलेक्ट्रिक स्कुटरको शोरुम सञ्चालनमा आएको हो ।
नेपालमा लेभ्निङको आधिकारिक वितरक बज्र ग्रुप अन्तर्गतको ईभी मोटर्स अन्तर्गत जनकपुरमा इन्द्रेणी अटोमोबाइलले शोरुम सञ्चालनमा ल्याएको हो । यससँगै नेपालभर लेभ्निङका २५ वटा आधिकारिक विक्रेता भएका छन् ।
जनकपुरमा मिस इन्टरनेसनल २०१७ की विजेता नीति शाह र जनकपुर उपमहानगरपालिकाका मेयर मनोज साह एवं बज्र ग्रुपका असिस्टेन्ट जनरल म्यानेजर एनके शरदले संयुक्त रुपमा शोरुम र प्रोडक्टको उद्घाटन गरेका छन् ।
कार्यक्रमका प्रमुख अतिथि जनकपुर उपमहानगरपालिकाका मेयर मनोज साहले पेट्रोलको भाउ दिन दिनै आकाश छुने गरी महँगो भएको बेला बिजुली बाइकले जनकपुरवासीलाई सहयोग हुने बताएका छन् ।
कार्यक्रममा मेयर साहले जनकपुरलाई इलेक्ट्रिक भेइकल सहर घोषणा समेत गरेका छन् । उनले पेट्रोलबाट चल्ने साधन किन्दा लाग्ने वार्षिक ९५ हजार सर्भिसिङ र पेट्रोलको खर्च पनि बचत हुने र वातावरण प्रदूषण कम हुने भएकोले गर्दा बिजुली स्कुटर एकदम राम्रो मानिने र जनकपुरलाई इलेक्ट्रिक भेइकल सहर भनेर घोषणा गरेको बताए ।
नीति शाहले नेपालमा भएको इलेक्ट्रिक स्कुटर मध्ये सबै भन्दा विश्वासिलो र भरपर्दो साथै सबै प्रोडक्ट रेन्ज भएको जर्मन कम्पनीको टेक्नोलोजी भएको स्कुटर भएकोले ढुक्कसँग प्रयोग गर्न सकिने बताइन् ।
उनले भनिन्, ‘पेट्रोलको महंगीको बेला इलेक्ट्रिक कम खर्चिलो साथै नेपालको बिजुली नेपालमै प्रयोग हुने र पेट्रोल किन्नु नपर्ने हुदा नेपाली पैसा बाहिरको देशमा नजाने कुरा बताइन्।
बज्र ग्रुपका असिस्टेन्ट जनरल म्यानेजर एनके शरदले नेपालमा इलेक्ट्रिक भेइकल अभियन्ताको रुपमा बज्र ग्रुपले कार्य थालेको र त्यसै अनुसार जनकपुरमा शोरुम शुुभारम्भ गरिएको बताए । उनले आगामी दिनमा जनकपुरको सबै अस्तव्यस्त अवस्थालाई इलेक्ट्रिक भेइकलले समाधान गर्ने बताए ।
कार्यक्रमका सभापति इन्द्रेणी अटोमोबाइलका संचालक रामनाथ साहले जनकपुर इलेक्ट्रिक सहर घोषणा भएको बताउदै लेभ्निङ ब्राण्ड किनेर सेवा गर्ने मौका दिन अनुरोध गरे ।
लामो समय देखि विश्व प्रसिद्ध ब्रान्ड बोसको टेक्नोलोजीबाट निर्मित, सामसुङ ब्रान्डको लिथियम आयोन ब्याट्री प्रयोग भएको लेभ्निङका इलेक्ट्रिक स्कुटर गुणस्तरीय भएको कम्पनीको भनाइ छ ।
हाल नेपाली बजारमा एलएक्स०१, एलएक्स०२, एलएक्स०४, एलएक्स०५, एलएक्स०५–डी, एलएक्स०६, एलएक्स०६ म्याक्स, एलएक्स०८, एलएस०१ र एम०४ मोडलका स्कुटर उपलब्ध छन् । यी स्कुटरको मूल्य १ लाख १० हजार देखि ५ लाख ५९ हजार रुपैयाँ सम्म छ ।
जलवायु परिवर्तनले विद्युतीय सवारी साधनको अत्यावश्यकतालाई लामो समयदेखि नै औंल्याउँदै आएका थियो । पछिल्ला समयमा विश्वभर विद्युतीय सवारी साधनको प्रयोग बढ्दै गएको छ । अहिलेको अवस्थामा इन्धनको मुल्य आकासिदा नेपाल जस्तो विद्युतीय उत्पादन क्षमतामा धनी देशमा विद्युतीय सवारी साधनको प्रयोग झनैं उत्तम हुने सरोकारवालाहरु बताउँछन्































प्रतिक्रिया