राष्ट्रिय जनमोर्चाले भारतमा चुनाव हारेर नेपालको सांसद हुने गरी नागरिकता वितरण गर्ने काम नहोस् भनेर सरकारको ध्यानाकर्षण गराएको छ ।
जनमोर्चाकी उपाध्यक्ष एवम् प्रतिनिधि सभा सदस्य दुर्गा पौडेलले आजको संसद बैठकमा सरकारको ध्यानाकर्षण गराएकी हुन् ।
उनले भनिन्, ‘वास्तविक नेपालीले नागरिकता पाउनुपर्छ, यसमा दुई मत छैन । तर इन्डियामा चुनाव हारेर नेपालको सांसद हुने गरी त्यस्तरी नागरिकता वितरण गर्न भएन ।’
उनले नेपालीसँग बिहे गर्ने विदेशी महिलाको हकमा सात वर्षको प्रावधान राखिनैपर्ने बताइन् । आजको संसद बैठकबाट नागरिकता विधेयक पारित गर्ने तयारी छ ।































प्रतिक्रिया