वैशाखयता भएका विपद्जन्य घटनामा १ सय २८ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्था प्राधिकरणले आज सार्वजनिक गरेको तथ्याङ्क अनुसार गत वैशाखयता आजसम्म ११ सय ६० वटा विपद्का घटना भएका छन् ।
सबैभन्दा बढी चट्याङ लागेर ५५ जनाको मृत्यु भएको छ । त्यस्तै आगलागी र बाढी पहिरोका कारण २०÷२० जनाको मृत्यु भएको छ । सोही अवधिमा जनावरको आक्रमणबाट १२,सर्पदंशबाट ७, हावाहुरीका कारण ९ तथा भूकम्प र डुङ्गा पल्टेर १÷१ जनाको मृत्यु भएको छ ।
बाढीका कारण दुई जना वेपत्ता छन् । प्राधिकरणका अनुसार यो अवधिमा ७२ करोड १५ लाख भन्दा बढीको क्षति भएको अनुमान गरिएको छ ।































प्रतिक्रिया