बीमाको समस्या समाधान गर्न क्याबिनेटमा प्रस्ताव लादैछौँ : स्वास्थ्यमन्त्री खापुङ

बीमाको समस्या समाधान गर्न क्याबिनेटमा प्रस्ताव लादैछौँ : स्वास्थ्यमन्त्री खापुङ

केन्द्रबिन्दु
0
Shares

स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङले स्वास्थ्य विमा कार्यक्रममा देखिएको समस्या समाधान गर्नका लागि मन्त्रीपरिषदमा प्रस्ताव लैजाने प्रक्रिया अघि बढाइएको बताएका छन्।

स्वास्थ्य विमा कार्यक्रम रोकिएको भन्दै सरकारको चौतर्फी विरोध भईरहँदा मन्त्री खापुङले ती समस्या समाधानका लागि मन्त्रीपरिषदमा तत्काल प्रस्ताव लैजानेगरी प्रक्रिया अघि बढाइएको बताएका हुन्।

शुक्रबार संघीय संसद प्रतिनिधिसभा अन्तरगतको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा बोल्दै उनले अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षको बजेटमा यो विमालाई सरकारी र सामूदायिक अस्पतालबाट मात्रै संचालन गरिनेछ भन्ने व्यवस्था गरिएको र त्यसलाई संसदले पनि पारित गरेकाले अहिले त्यसको संचालनमा समस्या आएको पनि स्पष्ट पारे।

त्यस सम्बन्धमा विमा बोर्डले पनि के गर्ने भनेर मन्त्रालयलाई सोधेकाले त्यसमा देखिएको समस्या समाधान गर्न मन्त्रीपरिषदमा प्रस्ताव लैजान उपयुक्त हुने भएकाले आफूले सो प्रक्रिया अघि बढाएको पनि समितिलाई मन्त्री खापुङले जानकारी दिए।

उनले भने, ‘यो विमालाई सरकारी र सामूदायिक अस्पतालबाट मात्रै संचालन गरिनेछ भन्ने अर्थमन्त्रीज्यूबाट बजेट भाषणमा आयो। त्यो चाँही संसदबाट पनि पारित भईसकेको छ। विमा बोर्डले पनि के गर्ने भनेर मन्त्रालयमा सोधेर पठाएको छ।

अर्कोतिर चारैतीरबाट प्राईभेटलाई सहभागिता नगराउँदाखेरी यो विमा कार्यक्रम प्रभावकारी हुँदैन भन्ने सुझाव पनि सबैतिरबाट आएको छ। यो यो बजेटसँगसँगै पास भएको छ। र, बिमा बोर्डले पनि के गर्ने भनेर मन्त्रालयलाई सोधेर पठाएको हुनाले हामीले मन्त्रालयबाट तहबाट मात्रै निर्णय गर्दाखेरी अलि अप्ठ्यारो हुन्छहोला भनेर क्याविनेट मिटिङमा लानेगरी त्यसलाई अगाडि बढाएका छौं। र, क्याविनेटले त्यसको डिसिजन गर्नेछ।’

Skip This
Skip This
Logo