एमाले अध्यक्ष ओलीको प्रश्न : वृद्ध भत्ताका लागि उमेर हद घटाउनु चुनावबाहेक अन्य कुनै लजिक छ ?

एमाले अध्यक्ष ओलीको प्रश्न : वृद्ध भत्ताका लागि उमेर हद घटाउनु चुनावबाहेक अन्य कुनै लजिक छ ?

केन्द्रबिन्दु
0
Shares

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले चुनाव आउँदैछ भनेर सरकारले बृद्ध भत्ताका लागि ७० वर्षबाट ६८ वर्ष उमेर हद बनाएको आरोप लगाएका छन्  । आज पार्टीको नीति तथा अनुसन्धान प्रतिष्ठानले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले वृद्ध भत्ता पाउन सरकारले २ वर्ष उमेर घटाएर ६८ वर्ष राख्नु चुनावबाहेक अन्य कुनै कारण नभएको बताएका हुन्  ।

उनले सो सम्बन्धमा त्यसबाहेक अन्य कुनै लजिक छ भनि सरकारलाई प्रश्न समेत गरे  । अध्यक्ष ओलीले काँग्रेस नेतृत्वको विगतका सरकारप्रति संकेत गर्दै मुलुकको उद्योगधन्दा निजी क्षेत्रलाई कौडीको मुल्यमा बेचेर राष्ट्रलाई कंगाल बनाएको पनि दोहोर्याए  । उनले आफू नेतृत्वको अघिल्लो सरकारले निजी क्षेत्रलाई साथ लिएर कृषि क्षेत्रको उत्पादन वृद्धि र राष्ट्रिय उद्योगहरुको प्रवद्र्धनलाई बढावा दिने नीति लिएको बताए ।

उनले भन्ने ,  ‘अहिले ७० बाट ६८ बनाउनुको इज दियर एनि लजिक ? चुनाव आउँदैछ भन्ने बाहेक अन्य केही छ लजिक ? यतापट्टि धेरै नजाऊ । अहिले त मैले धेरैकुरा भनिरहनु पर्लाजस्तो लाग्दैन । हामीले कृषिको उत्पादन कसरी बढाउने, त्यस सन्दर्भमा उद्योगलाई कसरी बढावा दिने ? आठ वटा त हामीले विशेष खालका औद्योगिक क्षेत्र तयार ग¥यौं । त्यसमा सुविधाका कुराहरु अगाडि बढायौं । र, औद्योगिक क्षेत्रलाई कसरी बढावा दिने, प्राईभेटाईजेशनका नाममा भएका उद्योग बेचेर खाने नीति हामीले लिएनौं । हामीले निजी क्षेत्रलाई पनि संगै लिएर हिँडने नीति, प्रोत्साहित गर्ने नीति लियौं तर कौडीमा मोलमा राष्ट्रलाई कंगाल बनाउने काम गरियो ।’

Skip This
Skip This
Logo