प्रतिनिधिसभाबाट नागरिकता विधेयक बहुमतले पारित

प्रतिनिधिसभाबाट नागरिकता विधेयक बहुमतले पारित

केन्द्रबिन्दु
0
Shares

प्रतिनिधिसभाबाट नागरिकतासम्बन्धी विधेयक पारित भएको छ । योसँगै लामो समयदेखि मधेश केन्द्रित दलहरुले उठाउदै आएको नागरिकता सम्बन्धी मागको समेत आंशिक सम्बोधन भएको छ ।

शुक्रबार दिनभर छलफलपछि प्रतिनिधिसभाले नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक बहुमतले पारित गरेको हो । नागरिकता विधेयकको पक्षमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी थिए । नेकपा एमाले, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टीले भने नेपाली नागरिक पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई तत्काल नागरिकता दिन नहुने भन्दै विधेयकको विपक्षमा रहे ।
नागरिकता विधेयकमाथि ४५ जना सांसदले ९४  वटा संसोधन प्रस्ताव दर्ता गरेका थिए ।

गृहमन्त्री बालकृष्ण खाणले जन्मका आधारमा नेपाली नागरिकता पाएकाहरुको सन्तान लामो समयदेखि नागरिकताविहीन अवस्थामा रहेकाले यही विषय सम्बोधन गर्न नागरिकता विधेयक ल्याएको बताए । उनले वैवाहिक अंगीकृतका विषयमा दलीय सहमति आवश्यक रहेको बताए ।

Skip This
Skip This
Logo