प्रेस युनियनको नयाँ नेतृत्वका लागि आज मतदान हुँदै

प्रेस युनियनको नयाँ नेतृत्वका लागि आज मतदान हुँदै

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल प्रेस युनियनको नवौँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदैछ । 

बागमती प्रदेशको राजधानी हेटौंडामा जारी महाधिवेशनमा बिहान ११ बजेदेखि मतदान शुरु हुने निर्वाचन समितिले जनाएको छ । दिउँसो ४ बजे सम्म तोकिएको मतदान सकिएपछि शनिबार नै गणना गर्ने तालिका छ । 

महाधिवेसनमा एक हजार ६३० जनाले मतदान गर्नेछन् । नयाँ नेतृत्वका लागि पार्टीको संस्थापन र इतर निकटका पत्रकारको दुई वटा प्यानलमार्फत उम्मेदवार छन्।संस्थापन पक्षको तर्फबाट अध्यक्षमा अनिता विन्दु र इतर पक्षबाट शिव लम्साल प्यानल बनाएर प्रतिस्पर्धामा उत्रिएका छन् । 

Logo