पहिरो झरेर नारायणगढ मुग्लिन सडकखण्ड अवरुद्ध बनेको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार शनिबार बिहान चितवनको इच्छाकामना गाउँपालिका ५ को खहरेखोला भन्ने स्थानमा ढुङगा र माटोसहितको पहिरो भफरेपिछ सडक दुईतर्फी नै अवरुद्ध छ । सडक खुलाउने प्रयास भैरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
सडक अवरुद्ध भएपछि नारायणगढतर्फ जाने र काठमाडौं पोखरातर्फ आउने सवारीसाधन बीच बाटोमै नै रोकिएका छन् । यो सडक खण्डमा वर्षातको समयमा पहिरो खसेर सडक अवरुद्ध हुँदा यात्रुले सास्ती भोग्नु नियती नै बनेको छ ।































प्रतिक्रिया