फिल्म ‘शमशेरा’ फ्लपको सुचीमा

फिल्म ‘शमशेरा’ फ्लपको सुचीमा

केन्द्रबिन्दु
0
Shares

बलिउड अभिनेता रणवीर कपुरको फिल्म ‘शमशेरा’ शुक्रबार २२ जुलाईबाट हलमा रिलिज भएको छ । यो फिल्मबाट दर्शकले जति अपेक्षा गरेका थिए, त्यो अहिलेसम्म पूरा हुन भने सकेको छैन । फिल्ममा रणवीर कपूरको साथमा वाणी कपुर र सञ्जय दत्तको पनि महत्वपूर्ण भूमिका रहेको छ । फिल्म ‘शमशेरा’ले पहिलो दिन मात्रै १०.२५ करोड कमाएको छ ।

यतिबेला बलिउड फिल्महरुको हालत नाजुक छ । कार्तिक आर्यनको फिल्म ‘भूल भुलैया २’ बाहेक कोरोना महामारीपछि रिलिज भएका सबै बलिउड फिल्मले दर्शकलाई निराश बनाएका छन् । रणवीर कपुर पछिल्लो पटक सन् २०१८ मा रिलिज भएको हिट फिल्म ‘सञ्जु’मा देखिएका थिए । त्यसैले रणवीर कपुरबाट दर्शकले धेरै अपेक्षा गरेका थिए । यसै क्रममा उनी फिल्म ‘शमशेरा’ मा फरक शैलीमा देखिने भएकाले मानिसहरु निकै उत्साहित भएका थिए । फिल्म ‘शमशेरा’को स्क्रिनको कुरा गर्दा भारतमा ४,३५० सहित विश्वभर ५,५५० स्क्रिन पाएको  छ । यति धेरै स्क्रिन पाए पनि फिल्मले खास आशाको बाटो देख्ने अवस्था भने छैन । योसंगै यशराज फिल्म्सको अर्को फिल्म पनि फ्लपको सुचीमा परेको छ ।

यशराज ब्यानरको अघिल्लो फिल्म ‘सम्राट पृथ्वीराज’ बक्स अफिसमा फ्लप सावित भएको थियो । फिल्ममा अक्षय कुमार र मानुशी चिल्लर देखिएका थिए ।

Logo