एक व्यक्तिले आफ्नो शरिरमा यस्तो परिमार्जन गरे कि मानिसहरु अहिले कल्पना पनि गर्न सकिरहेका छैनन । रेनी दिनिज दा सिल्भो नाम गरेका उनी हाल आफ्नो टाउकोमा दुई वटा सिङ र आफ्नो जिब्रोलाई दुई भागमा चिरेका कारण धेरै समस्यामा परेका छन् । हाल संसारभरका मासिहरुमा शरीर परिमार्जन गर्ने प्रवृत्ति बढ्दै गएको छ ।
रेनी दिनिज दा सिल्भाले पछिल्लो १४ वर्षदेखि आफ्नो लुकमा प्रयोग गरिरहेका छन् । उनी आफ्नो लुकलाई डरलाग्दो देखाउन मात्र ५० हजार युरो (नेपाली ६४ लाख ९५ हजार) खर्च गरिसकेका छन् । ३८ वर्षिय रेनी ब्राजिल वासी हुन ।
रेनी आफ्नो लुककै कारण विवादमा आएका छन् । उनलाई हाल सडकमा हिड्न पनि गाहे भएको छ । छिमेकी र आफन्तहरु प्नि उनीसँग परपर भईरहेका छन् । हाल उनी बस्ने ठाँउको चर्चमा नै उनलाई भित्र छिर्न रोक लगाईएको छ ।
चर्चले उनको लुक डेभिल जस्तो भएको र यसले आम नागरिक चर्च आउन डराउन सक्ने कारण देखाई रेनीलाई चर्चमा आउनबाँट पुर्ण निषेद गरिएको छ ।
यी सब कुराहरु हुदा पनि रेनी आफ्नो लुक्स परिवर्तन नगर्ने र आफ्नो लुक्स आफुलाई निकै मन परेको बताउछन् ।





























प्रतिक्रिया