सरकारले पर्यटन पुनरुत्थानका लागि ७३ बुँदे कार्ययोजना सार्वजनिक गरेको छ । आज संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले एक कार्यक्रमकाबीच एक दशकका लागि नेपाल भ्रमण वर्ष तयारीसहितको कार्ययोजना सार्वजनिक गरेको हो । सरकारले सन् २०२३ देखि २०३३ सम्म एक दशकलाई नेपाल भ्रमण वर्ष घोषणा गर्ने भएको छ।
संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री मन्त्री जीवनराम श्रेष्ठले पर्यटन पुनरुत्थानका लागि सरकारले दीर्घकालीन योजना सार्वजनिक गरेको बताए । यस अघि एक वर्षलाई पर्यटन वर्ष अर्थात नेपाल भ्रमण वर्ष घोषणा गर्दै आएको थियो।
तत्कालीन,मध्यकालीन, साथै दीर्घकालिन योजना सार्वजनिक गरेको पनि मन्त्री श्रेष्ठले बताए। आगामी तीन महिनाभित्र यस्तो घोषणा गरिसक्ने गरी मन्त्रालयले समय तोकेको छ। मन्त्रालयले गैरआवासीय नेपाली संघको नेतृत्वमा ‘एक नेपाली एक विदेशी साथी नेपाल पठाऊ अभियान समेत चलाउने भएको छ।





























प्रतिक्रिया