नेपालको अटोमोबाइल उद्योगको अग्रणी कम्पनी सिप्रदी ट्रेडिङ प्रालिले उत्कृष्ट फ्लिट म्यानेजमेन्ट सोलुसन ‘लोकोन्याभ’ बजारमा ल्याएको छ । गाडीको ट्रयाकिङ, इन्धन सुपरिवेक्षण र भिडियो टेलिम्याट्रिक्स जस्ता प्रयोजनका लागि लोकोन्याभ अन्यन्त उपयुक्त भएको कम्पनीले जनाएको छ ।
प्रालिका प्रमुख कार्यकारी अधिकृत राजन बाबु श्रेष्ठ यस लोकोन्याभ प्लेटफर्म मार्फत सिप्रदीले नेपालको गाडी व्यवस्थापन प्रणालीमा आमुल परिवर्तन गर्ने लक्ष्य राखेको बताउँछन् । विश्वका ५० भन्दा बढी मुलुकहरुमा रहेको लोकोन्याभ एउटै प्लेटफर्मबाट गाडी संचालनको प्रभावकारी व्यवस्थापन गर्न सकिने कम्पनीको भनाइ छ ।
नवीन प्रविधिहरुको प्रयोगमा बनेको यस प्लेटफर्मले गाडीधनी र चालकहरुलाई कम लागतमा उच्च कार्यक्षमता हासिल गर्न सहयोग गर्ने अपेक्षा गरिएको छ ।





























प्रतिक्रिया