नेकपा सचिवालय बैठक भदौ १८ गतेसम्मका लागि स्थगित

नेकपा सचिवालय बैठक भदौ १८ गतेसम्मका लागि स्थगित

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को भोलि बिहान बस्ने भनिएको सचिवालय बैठक स्थगित भएको छ । शुक्रबार दुई अध्यक्ष बीच भएको बैठकले भदौ १८ गतेसम्मका लागि सचिवालय बैठक स्थगित भएको हो । शुक्रबार प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र अर्का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बीच भेटवार्ता भएको थियो । भोलिको सचिवालय बैठक बस्नु अगाडि दुई अध्यक्ष बीच भेटवार्ता गरिएको थियो । सोही भेटवार्ताले सचिवालय बैठक पाँच दिनका लागि स्थगित गरेको बालुवाटार स्रोतले जनाएको छ ।

नेकपाभित्र पछिल्लो समय विवाद उत्कर्षमा पुगेको छ । उक्त विवाद समाधान गर्न गत साउन ३० मा ६ सदस्यीय कार्यदल गठन गरिएको थियो । कार्यदलमा महासचिव विष्णु पौडेल, स्थायी कमिटी सदस्यद्वय शंकर पोखरेल, जनार्दन शर्मा, पम्पा भुसाल, सुरेन्द्र पाण्डे र भीम रावल रहेका थिए ।

पौडेल नेतृत्वको कार्यदलले अध्यक्षद्वय ओली र दाहाललाई गत भदौ ६ गते (शनिबार) साँझ प्रतिवेदन बुझाएको थियो । गत भदौ ९ गते कार्यदलको प्रतिवेदनबारे दुई अध्यक्ष बीच छलफल भएको थियो । उक्त छलफलले भदौ १३ गते सचिवालय बैठक डाक्ने निर्णय गरेको थियो ।

Skip This
Skip This
Logo