नेपालले भारतमा सुरु साफ यू-२० च्याम्पियनसिप फुटबलमा विजयी सुरुवात गरेको छ ।
भुवनेश्वरमा सोमबार भएको उद्घाटन खेलमा नेपालले माल्दिभ्सलाई ४-० गोल अन्तरमा पराजित गर्यो ।
माल्दिभ्सविरुद्ध नेपाललाई सहज जित दिलाउन दिपेश गुरुङ, सुगम सुवाल, कृतिस रन्त छुन्जु र मनग्य नकर्मीले गोल गरे ।
पहिलो हाफमा एक गोल गरेको नेपालले दोस्रो हाफमा तीन गोल थपेको थियो ।
४२ औं मिनेटमा दिपेशको गोलबाट नेपालले अग्रता बनाएको थियो । ५८ औं मिनेटमा सुगम र ६२ औं मिनेटमा कृतिसले पेनाल्टीमार्फत गोल गर्दै नेपाललाई ३ ० को अग्रता दिलाएका थिए । दोस्रो हाफको अन्तिम सेकेन्डमा मनग्यले गोल गरेपछि नेपाल पहिलो खेलमा नै ३ अंक बटुल्न सफल भयो ।
नेपालले आफ्नो दोस्रो खेलमा बुधबार श्रीलंकासँग खेल्नेछ ।































प्रतिक्रिया