जनकपुरकी एक महिला दिउँसै लुटिइन

जनकपुरकी एक महिला दिउँसै लुटिइन

केन्द्रबिन्दु
0
Shares

बैंकबाट पैसा झिकेर फर्किने क्रममा  जनकपुरधाममा एक महिला लुटिएकी छिन् । आस दिउँसो जनकपुरधाम–१ की शर्मिला यादव लुटिएकी प्रहरीले जनाएको छ ।

वडा नम्बर–१ मिल्स एरियास्थित एभरेष्ट बैंकबाट रकम निकालेर घर फर्किने क्रममा मोटरसाइकलमा आएका दुई जनाले यादवको साथबाट दुई लाख रुपैयाँ रकम लुटेको प्रहरीको भनाइ छ ।

साउदीमा रहेका शर्मिलाका श्रीमान्ले पठाएको रकम बैंकबाट झिकेर उनी घरतर्फ जान लाग्दा मोनास्टिक स्कुलनजिकै लुटिएकी हुन् । उनको झोलामा दुई लाख, नागरिकता, बैंकसम्बन्धी कागजात र थप ५ सय रहेको प्रहरीले जनाएको छ ।

Logo