सचिवालय बैठक बस्नु अगाडि दुई अध्यक्षबीच भेटवार्ता

सचिवालय बैठक बस्नु अगाडि दुई अध्यक्षबीच भेटवार्ता

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । प्रधानमन्त्री एवं सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र अर्का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बीच भेटवार्ता भएको छ । शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई अध्यक्ष बीच भेटवार्ता भएको हो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार एवं नेकपा प्रचार विभाग उपप्रमुख सूर्य थापाले भोलिको सचिवालय बैठक बस्नु अगाडि दुई अध्यक्ष बीच भेटवार्ता भएको जानकारी दिए ।

नेकपाभित्र पछिल्लो समय विवाद उत्कर्षमा पुगेको छ । उक्त विवाद समाधान गर्न गत साउन ३० मा ६ सदस्यीय कार्यदल गठन गरिएको थियो । कार्यदलमा महासचिव विष्णु पौडेल, स्थायी कमिटी सदस्यद्वय शंकर पोखरेल, जनार्दन शर्मा, पम्पा भुसाल, सुरेन्द्र पाण्डे र भीम रावल रहेका थिए ।

पौडेल नेतृत्वको कार्यदलले अध्यक्षद्वय ओली र दाहाललाई गत भदौ ६ गते (शनिबार) साँझ प्रतिवेदन बुझाएको थियो । गत भदौ ९ गते कार्यदलको प्रतिवेदनबारे दुई अध्यक्ष बीच छलफल भएको थियो । उक्त छलफलले भदौ १३ गते सचिवालय बैठक डाक्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार भोलि सचिवालय बैठक बस्दैछ ।

Logo