आकाशे पानी संकलन गर्न काठमाडौं महानगरको २१ करोड बजेट

आकाशे पानी संकलन गर्न काठमाडौं महानगरको २१ करोड बजेट

केन्द्रबिन्दु
0
Shares

काठमाडौं महानगरपालिकाले पानी भण्डारण, पोखरी निर्माण र आकाशे पानी संकलनका लागि बजेट विनियोजन गरेको छ ।

महानगरले आर्थिक वर्ष २०७९/८० को लागि विनियोजन गरेको बजेट अनुसार आकाशे पानी संकलनका लागि २१ करोड रुपैयाँ छुट्याएको हो । यस्तै इनार र रिजर्भ बोरिङका लागि ५ करोड रुपैयाँ छुट्याएको छ ।

‘रेनवाटर हार्भेस्टिङ तथा रिचार्ज काठमाडौं’ कार्यक्रम चलाउने भएको छ । जसका लागि जलवायु परिर्वतनको क्षेत्रमा आन्तरिक स्रोतबाट १७ लाख ५ हजार रुपैयाँ छुट्याएको देखिन्छ ।

महानगरले खुल्ला स्थानमा पोखरी निर्माण गर्न २ करोड रुपैयाँ तथा सम्पदाको पूर्वाधार विकास निर्माण तर्फबाट पोखरी निर्माण गर्न ५ करोड रुपैयाँ छुट्याएको छ ।

यस्तै महानगरले विपद् व्यवस्थापन अन्तर्गत आपत्कालीन पानी भण्डारणका लागि १० वटा पानी ट्यांकी बनाउन एक करोड रुपैयाँ छुट्याएको छ भने ई–को पार्क निर्माण गर्न भनेर १ करोड ५० लाख रुपैयाँ विनियोजन गरेको छ ।

Skip This
Skip This
Logo