जुम्लामा जात्रा अवधिभर मदिरा बेचविखनमा रोक लगाइने

जुम्लामा जात्रा अवधिभर मदिरा बेचविखनमा रोक लगाइने

केन्द्रबिन्दु
0
Shares

जुम्लामा कर्णालीकै लामो तथा ठूलो जात्रालाई मध्यनजर गरी मदिरा बेचबिखनमा रोक लगाइएको छ ।

नेवार समुदायका प्रमुख पर्वको रूपमा रहेको जात्रालाई मध्यनजर गरी जिल्ला प्रशासनले मदिरा बेचबिखनमा रोक लगाइने निर्णय गरिएको हो । 
त्यस्तै  जात्रा अवधिभर खानेपानीको व्यवस्था गर्नका लागी खलंगा खानेपानी उपभोक्ता समिति र उद्योग वाणिज्य संघलाई आग्रह गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी विजया कुमारी प्रसाईंले बताइन् । उनका अनुसार जात्रा अवधिभर अस्थायी स्वास्थ्य शिविर र प्राथमिक उपचारको व्यवस्था गर्न जनस्वास्थ्य सेवा कार्यालय कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र चन्दननाथ नगरपालिकालाई अनुरोध गरिएको छ ।

त्यस्तै फोहोर मैला व्यवस्थापनलाई मध्यनजर गरी अस्थायी शौचालय बनाउने  निर्णय गरिएको छ । प्रजिअ प्रसाईंले सो अवधिभर ट्राफिक व्यवस्थापनका लागी  जिल्ला प्रहरी जुम्लालाई आग्रह गरिएको बताइन् । 
जात्रालाई  मध्यनजर गरी नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्रलाई अनुरोध गर्ने निर्णय गरिएको छ ।  

Logo