मुलुकका विभिन्न स्थानमा भएका विपद्जन्य घटनामा मृत्यु हुनेको संख्या १३९ पुगेको छ । यो तथ्याङ्क गत वैशाख १ देखि शुक्रबारसम्मको हो । सबै भन्दा बढी चट्याङ लागेर ५५ जनाको मृत्यु भएको राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । त्यस्तै बाढीपहिरो र भारी वर्षाका कारण ३१ जनाको मृत्यु भएको छ ।
त्यस्तै आगलागीका कारण २० जनाको मृत्यु भएको छ । प्राधिकरणका अनुसार सर्पदंश र जनावरको आक्रमणबाट १२÷१२ जनाकोृ मृत्यु भएको छ । हावाहुरीका कारण ९, भूकम्प र डुङ्गा पल्टिएर १ ÷१ जनाको ज्यान गएको छ । प्राधिकरणका अनुसार यो अवधिमा ७३ करोड ४८ हजार भन्दाबढीको भौतिक क्षति पुगेको अनुमान गरिएको छ ।































प्रतिक्रिया