चलचित्र ‘लाइगर’ को दोस्रो गीत ‘वाट लगा देंगे’ सार्वजनिक भएको छ । विजय देवरकोंडा र अनन्या पाण्डे स्टारर फिल्म ‘लाइगर’ को दोस्रो गीत ‘वाट लगा देंगे’ शनिबार रिलिज भएको हो ।
फिल्मको ट्रेलर केही दिन अघि सार्वजनिक भएको थियो । ट्रेलरले दर्शकको राम्रो प्रतिक्रिया पाएको छ ।
यस गीतमा विजय देवरकोंडा बक्सिङ रिङमा पूर्ण जोशका साथ देखिएका छन् भने गीतमा विजयले नै स्वर दिएका छन् ।
‘लाइगर’ हिन्दी बाहेक अन्य चार भाषामा पनि रिलिज हुनेछ । फिल्ममा अमेरिकी बक्सर माइक टायसनको पनि क्यामियो रोल रहेको छ । फिल्मको सुटिङका क्रममा माइक टायसनका केही तस्विरहरु पनि सार्वजनिक भएका थिए ।
जसमा उनी फिल्मको सेटमा रमाइलो गरिरहेको देखिएका थिए । फिल्ममा विजय देवरकोंडाका अलावा अनन्या पाण्डे, माइक टायसन, राम्या कृष्णन पनि देखिनेछन् । लिगर २५ अगस्टमा सिनेमा हलमा रिलिज हुने तय भएको छ । यो चलचित्र विजयको पहिलो हिन्दी चलचित्र हो भने अनन्याको पहिलो साउथ सिनेमा हो ।





























प्रतिक्रिया