ग्लोबल आइएमई बैंकको ५२औँ एक्सटेन्सन काउन्टर, लमजुङको सोतीपसलमा

ग्लोबल आइएमई बैंकको ५२औँ एक्सटेन्सन काउन्टर, लमजुङको सोतीपसलमा

केन्द्रबिन्दु
0
Shares

ग्लोबल आइएमई बैंक लिमिटेडले लमजुङ जिल्लाको मध्य नेपाल नगरपालिका वडा नं ३, सोती पसलमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ ।

बैंकले सेवाग्राहीको बढ्दो चाप र बिस्तारित बैंकिङ्ग सेवाको आवश्कतालाई मध्यनजर गर्दै भोर्लेटार शाखाको मातहतमा रहने गरी उक्त एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको हो ।

“सबैका लागि बैंक” भन्ने नाराका साथ २९ लाख भन्दा बढि ग्राहकहरू माझ सेवा प्रदान गर्दै आइरहेको ग्लोबल आइएमई बैंकले मुलुकभर तथा मुलुकबाहिर बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले ७७ जिल्लामा २८९ शाखा, २६५ एटीएम, २७५ शाखा रहित बैंकिङ्ग सेवा, ५२ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी ८८१ भन्दाबढि सेवा केन्द्रबाट ग्राहक वर्गलाई सेवा प्रदान गरिरहेको छ ।
 

Skip This
Skip This
Logo