महिला युरो फाइनलः घरेलु मैदानमा इतिहास बनाउने दाउमा इंग्ल्यान्ड

महिला युरो फाइनलः घरेलु मैदानमा इतिहास बनाउने दाउमा इंग्ल्यान्ड

केन्द्रबिन्दु
0
Shares

महिला युरोपियन च्याम्पियनसिप-०२२ को उपाधिका लागि आज (आइतबार) घरेलु टोली इंग्ल्यान्ड र जर्मनीबीच प्रतिस्पर्धा हुँदैछ । लन्डनस्थित वेम्बली रंगशालामा हुने खेल नेपाली समयअनुसार राति पौने १० बजे सुरु हुनेछ ।

आठ पटकको युरो विजेता जर्मनीको सामना गर्दा इंग्ल्यान्ड घरेलु मैदानमा इतिहास रच्दै पहिलो उपाधि जित्ने लक्ष्यमा छ । सन् २००९ को महिला युरोपियन च्याम्पियनसिपको फाइनलमा जर्मनीले इंग्ल्यान्डलाई ६–२ अन्तरले पराजित गरेको थियो । 

यसअघि इंग्ल्यान्डले क्वार्टरफाइनलमा स्पेनलाई पराजित गरेको थियो भने सेमिफाइनलमा स्विडेनलाई पराजित गरेको थियो । यता, प्रतियोगितामा एक मात्र गोल व्यहाेरेको जर्मनीले फ्रान्सलाई पराजित गर्दै फाइनल प्रवेश गरेको थियो । 

हालसम्म इंग्ल्यान्ड र जर्मनी २७ पटक आमनेसामने भएका छन् । जसमा जर्मनीले २१ खेल जितेको छ । 

Skip This
Skip This
Logo