काठमाडौं । गायक नरेश रेग्मीको नयाँ गीत ‘म सास बन्न पाए’ सार्वजनिक गरिएको छ । रोमान्टिक शैलीको नयाँ गीतमा बसन्त सापकोटाको शब्द तथा संगीत सुन्न सकिन्छ ।
सार्वजनिक गीतको म्युजिक भिडियोमा शिव बिकको निर्देशन तथा कोरियोग्राफी देख्न सकिन्छ । भिडियोमा अभिनेता पुष्प खड्का र एलिजा गौतमको अभिनय देख्न सकिन्छ ।
अर्जुन तिवारी र समूहले छायांकन गरेको गीतको भिडियोलाई पदम सुवेदीले सम्पादन गरेका हुन् । गीतलाई एनआर क्रिएशनमार्फत हेर्न सकिन्छ ।
भिडियो





























प्रतिक्रिया