वेस्ट इन्डिजसँग भारत ५ विकेटले पराजित

वेस्ट इन्डिजसँग भारत ५ विकेटले पराजित

केन्द्रबिन्दु
0
Shares

वेस्ट इन्डिजले दोस्रो टी २० खेलमा भारतलाई ५ विकेटले पराजित गर्दै पाँच खेलको शृंखला १-१ को बराबरीमा पुर्‍याएको छ । 

१३९ रनको विजयी लक्ष्य पछ्याएको वेस्ट इन्डिजले १९.२ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्‍यो । ओपनर ब्रेन्डन किंगले सर्वाधिक ६८ रन बनाए  ।  भारतका अर्शदीपसिंह, रविन्द्र जडेजा, रविचन्द्रन आश्विन, आवेश खान र हार्दिक पान्ड्याले एक एक विकेट लिए । त्यस अघि  टस हारेर पहिला ब्याटिङ गरेको भारत १९.४ ओभरमा सबै विकेट गुमाउँदै १३८ रनमा समेटियो । 

भारतका हार्दिक पान्ड्याले सर्वाधिक ३१ रन बनाए । यस्तै,  रविन्द्र जडेजाले २७ र ऋषभ पन्तले २४ रनको योगदान गरे । बायाँ हाते तीव्र गतिका बलर ओबेद म्याककोयको कीर्तिमानी ६ विकेटसँगै भारतका कुनै पनि ब्याटर खुलेर खेल्न सकेनन् । यसअघि पहिलो खेलमा भारत ६८ रनले विजयी भएको थियो । तेस्रो खेल आज  हुनेछ ।

Skip This
Skip This
Logo