कलाकारद्वय डिजे रोशन र आसिफद्वारा चार सय जना बिपन्नलाई भोजन

कलाकारद्वय डिजे रोशन र आसिफद्वारा चार सय जना बिपन्नलाई भोजन

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

विगत लामो समयदेखि म्युजिक क्षेत्रमा सक्रिय तथा समाजसेवी डिजे रोशन र डिजे आसिफद्वारा विद्यार्थी, गरिव, अशक्त, अपाङ्गहरुलाई भोजन र राहत वितरण गरिएको छ ।

कोरोना भाइरस विश्वमहामारीका रुपमा फैलिरहेको अवस्थामा नेपाल पनि त्यसबाट अछुतो रहन सकेन । कोरोना संक्रमणका कारण सरकारले गरेको लकडाउनमा नेपाली दाजुभाई तथा दिदीबहिनीहरु ज्यालादारी काम गर्दै आएका, गरिब, दुःखी , अशक्त, रोगी र अपाङ्गहरु समस्यामा परेका छन् ।

हन्डेर्टस ग्रुप नामक सामाजिक संस्थाका संस्थापक आशाराम यादव बसेकै ठाउँमा नयाँबानेश्वरमा गएर डिजे रोशन र डिजे आसिफले रोशन श्रेष्ठ आबद्ध हन्डेर्टस ग्रुपलाई नेपाली डिचेको तर्फबाट केहि सामग्री हस्तान्तरण गरिएको हो ।

देशमा कोरोना भाइरसको संक्रमण बढ्दै गईरहेको हुँदा यस संक्रमणलाई रोक्नका लागि सरकारले लकडाउनको समयावधि बढाएको अवस्थामा विपन्न परिवार, दैनिकी मजदुरी गरेर जिविको पार्जन गर्नेहरुको समस्या बढदै गइरहको छ ।

म्युजिक क्षेत्रका डिजे तथा समाजसेबी रोशन श्रेष्ठ आवद्ध संस्थाले आज १५४ औं दिन निरन्तर काठमाडौंको रत्नपार्कक्षेत्रमा समस्यामा परेका ३०० देखि ४०० परिवारलाई दैनिक भोजन सेवा गराइरहेको छ । राहत लिने व्यक्तिहरुको भावनाको सम्मान गर्दै राहत वितरणस्थलको तस्विर सामाजिक संजालमा पोष्ट नगर्ने समाजसेवी रोशन श्रेष्ठले बताए ।

Logo