जाकर्ता जाने महिला रग्बी टोलीको बिदाइ

जाकर्ता जाने महिला रग्बी टोलीको बिदाइ

केन्द्रबिन्दु
0
Shares

एसिया रग्बी सेभेन्स ट्रफीमा सहभागी हुन १२ महिला खेलाडीसहित १८ सदस्यीय नेपाली टोली बिहीबार इन्डोनेसियाको जाकर्ता प्रस्थान गर्ने भएको छ ।

खेलाडीहरूमा एलिसा थापा (कप्तान), सिर्जना राई (उप कप्तान), पञ्चमाया श्रेष्ठ, सावित्री पुर्जा, सविना महर्जन, नानी तामाङ, सुजिना गुरुङ, मनीषा थापा मगर, अप्सरा कार्की, विशाका राई, शर्मिला राई र अपना पौडेल रहेका छन् ।

जेजीबीके रग्बी पिच, जकार्तामा साउन २१ देखि २२ गतेसम्म हुने प्रतियोगितामा नेपालसहित भारत, इन्डोनेसिया, सिंगापुर, युएई, मंगोलिया र गुवाम गरी ७ राष्ट्रको सहभागिता रहने छ । राउन्ड रोविन लिगका आधारमा प्रतिस्पर्धा हुनेछ । नेपाल टोलीलाई जापानी प्रशिक्षक कात्सुहिसा फुरुचीले पनि २ साता प्रशिक्षण गराएका थिए । एसिया रग्बीमा नेपालले चौथोपटक सहभागिता जनाउन लागेको हो । यसअघि नेपाली महिला टोलीले भारत, लाओस र ब्रुनईमा सहभागिता जनाएको थियो । भारतको चेन्नइमा भएको प्रतियोगितामा नेपालले बंगलादेशलाई पराजित गरेको थियो । ब्रुनईमा नेपालले काजकिस्तानमाथि जित रचेको थियो ।

टिम व्यवस्थापकमा बिनु खड्का, अफिसियलमा कपिलदेव न्यौपाने, ताइसुके मियाओ र कामना गिरी, प्रशिक्षकमा विनोद तामाङ तथा फिजियोमा लक्ष्मण अधिकारी छन् ।

टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङ, नेपाल ओलम्पिक कमिटीका महासचिव नीलेन्द्रराज श्रेष्ठ, राखेपका सदस्य प्रकाशकुमार कुसारी, नेपाल रग्बी संघका कार्यवाहक अध्यक्ष दीपक देवकोटा लगायतले एक कार्यक्रमबीच बिदाई कार्यक्रम गरेका थिए ।

Skip This
Skip This
Logo