लागुऔषधसहित दार्चुलाका १ जना पक्राउ

लागुऔषधसहित दार्चुलाका १ जना पक्राउ

केन्द्रबिन्दु
0
Shares

बझाङ प्रहरीले १२ किलो लागुऔषधसहित १ जनालाई पक्राउ गरेको छ । वित्थडचिर गाउँपालिका–८ बागथलाबाट उक्त लागुऔषधसहित दार्चुलाको शैल्यशिखर नगरपालिका–१ का ४३ वर्षीय विरेन्द्र बहादुर खडायत पक्राउ परेका हुन् ।

बझाङको सदरमुकाम चैनपुरबाट महेन्द्रनगर तर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०२००१ ख १११९ नम्बरको बसमा सवार उनलाई अस्थायी प्रहरी पोष्ट बागथलामा चेक जाँच गर्दा उनको साथबाट १२ किलो लागुऔषध चरेश फेला परेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । 

Logo