पाँच दिनपछि बढ्यो सुनको भाउ 

पाँच दिनपछि बढ्यो सुनको भाउ 

केन्द्रबिन्दु
0
Shares

पाँच दिनपछि आज बिहीबार सुन चाँदीको मूल्य बढेको छ । साताको सुरुवातदेखि नै घट्दै आएको सुनको भाउ आज बढेको हो ।

बुधबार ९६ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ८ सय रुपैयाँले बढेर ९७ हजार ६ सय रुपैयाँ पुगेको छ । तेजावी सुन पनि आज तोलामा ८ सय रुपैयाँले नै बढेर ९७ हजार १ सय रुपैयाँ पुगेको छ ।

चाँदीको मूल्य पनि आज बिहीबार प्रति तोला ३५ रुपैयाँले बढेको छ । चाँदी आज प्रति तोला १३ सय ४५ रुपैयाँमा कारोबार भैरहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ८३ हजार ६७५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य ८३ हजार २४५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ११ सय ५३ रुपैयाँ  कायम गरेको छ ।

Logo