मोरङको विराटनगर महानगरपालिका – १५ स्थित १ नम्बर ढाटबाट प्रहरीले लागूऔषध ब्राउनसुगर सहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिराटनगर- १२ का २२ बर्षीय सुहन लिम्बु र मोरङ बेलबारी – ११ का ३१ बर्षीय सिकुम योङहाङ रहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
आइतबार बिहान साढे १० बजे लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको को ३४ प २६३ नम्बरको मोटरसाईकल चेक जाँच गर्ने क्रममा मोटरसाईकलमा सवार उनीहरुको साथबाट २ ग्राम ९४ मिलिग्राम लागुऔषध ब्राउनसुगर बरामद गरी नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका लिम्बु र योङहाङको सम्बन्धमा ईलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।





























प्रतिक्रिया