फिल्म ‘महापुरुष’ कात्तिक ११ गते प्रदर्शनमा आउने

फिल्म ‘महापुरुष’ कात्तिक ११ गते प्रदर्शनमा आउने

केन्द्रबिन्दु
0
Shares

निर्देशक प्रदीप भट्टराईको निर्देशनमा बनेको फिल्म ‘महापुरुष’ कात्तिक ११ गते प्रदर्शनमा आउने भएको छ । 

फिल्म ‘महापुरुष’को दुईवटा फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको हो ।  

हिन्दूहरुको महान पर्व भाईटीकालाई लक्षित गर्दै आगामी कात्तिक ११ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको हो ।
 
फर्स्टलुक पोस्टरमा फिल्मका प्रमुख कलाकारद्वय हरिवंश आचार्य र गौरी मल्ल बेहुला र बेहुलीको भेषमा देखिएका छन् । उनीहरुको घाँटीमा दुबोको माला देख्न सकिन्छ ।  त्यस्तै, दोस्रो पोस्टरमा हरिवंश आचार्य पिंजडामाथि बसेको सुँगालाई हेर्दै मुस्कुराइरहेको अवस्थामा प्रस्तुत छन् । 

दीपेश खत्री निर्माता र रविन्द्रसिंह बानियाँ कार्यकारी रहेको फिल्ममा मदनकृष्ण श्रेष्ठ, गौरी मल्ल, रबिन्द्र सिंह बानियाँ, अरुण क्षेत्री, राजाराम पौडेल, अञ्जना बराइली, शिखा तामाङ, कोपिला थापा, शिरु विष्ट, कविता श्रेष्ठ,  नरेन्द्र कंसाकार, सविन बास्तोला, नरेश पौडेल, प्रेम पाण्डे, सुमन रिमाल, माधव अधिकारी, प्रकाश भट्टराई, घनश्याम जोशी, अर्जुन आचार्य लगायतको पनि अभिनय छ । फिल्मको हालै छायांकन सकिएको  छ ।

Skip This
Skip This
Logo