काठमाडौंको कुमारीगाल खरिबोटमा सन् २००९ मा प्रवुद्ध व्यक्तिहरुको संलग्नतामा खुलेको शिक्षण संस्था हो, इलिक्सर एकेडेमी ।
नयाँ पुस्तामा देखिएको अध्ययनको चाहाना पूरा गर्ने उद्धेश्यले खोलिएको यो शिक्षण संस्थाले विद्यार्थीहरुलाई हरेक चुनौतीको सामना गर्न सक्ने बनाउछ ।
एसईईमा अहिलेसम्म १२औं व्याज पासआउट भएका छन् भने प्लस टूमा अबको ब्याच चौथो हुनेछ । समय सापेक्ष शिक्षा र विश्व परिवेशसँग मिल्ने शिक्षा प्रदान गर्दै आएको इलिक्सार एकेडेमीले शिक्षामा नयाँ परिवर्तन ल्याउन र परिवर्तन महसुश गर्न चाहानेहरुका लागि उपयुक्त शैक्षिक गन्तव्यका रुपमा आफुलाई स्थापित गराएको छ ।
हामी हाम्रो स्कुलमा विद्यार्थीहरुलाई सानो समुहमा राखेर पढाउछौं । स्कुलदेखि कक्षा १२ सम्म पनि दुई वटा सेक्सनभन्दा धेरै जादैनौं । ६४ जना विद्यार्थीको भर्ना लिएर संचालन गर्छौं र गर्दा उनीहरुको आवश्यक्ता र चाहना अनुसार अगाडी बढिरहेका छौ ।
स्थापनाकालबाटै इलिक्सरले विद्यार्थीहरुको मनोविज्ञानअनुसारको अध्यापन गराउँदै आएको छ । त्यसैले इलिक्सरले समयअनुसार आफुलाई परिवर्तन गराउँदै लगेको पनि छ । इलिक्सरले विद्यार्थीलाई गुणस्तरीय शिक्षा दिने उद्धेश्यले सुविधासम्पन्न भौतिक पूर्वाधारको विकास गरेको छ भने शिक्षण र सिकाइ गतिविधि तथा शिक्षण वातावरणमा नयाँ परिवर्तन ल्याएको छ । इलिक्सरबाट पासआउट भएका विद्यार्थीहरु अहिले विभिन्न विश्वविद्यालय र विदेशमा उच्चशिक्षा लिइरहेका छन् ।
विद्यार्थीहरुले हरेक परीक्षामा ल्याएको अंकलाई सुक्ष्मरुपमा विश्लेषण गरी इलिक्सारले भविश्य निर्धारणमा सहयोग गर्दै आएको छ । कमजोर विद्यार्थीलाई हौसला प्रदान गर्दै सक्षम बनाउछ भने जेहेन्दारलाई छात्रवृत्तिसहितको व्यवस्था गरेर उच्चशिक्षा अध्ययनका लागि प्रेरित गर्छ ।
प्रिन्सिपल रविन दाहाल भन्छन्, 'हामी हाम्रो स्कुलमा विद्यार्थीहरुलाई सानो समुहमा राखेर पढाउछौं । स्कुलदेखि कक्षा १२ सम्म पनि दुई वटा सेक्सनभन्दा धेरै जादैनौं । ६४ जना विद्यार्थीको भर्ना लिएर संचालन गर्छौं र गर्दा उनीहरुको आवश्यक्ता र चाहना अनुसार अगाडी बढिरहेका छौ । हामीले एकाडेमिक मात्र सरवागी विकासलाई फोकस गरेका छौं । खेलकुद देखि लिएर उनीहरुको उद्घोषण कला देखि लिएर उनीहरु को क्षमता केमा छ त । उनीहरुको क्षमतामा फोकस गरेर पढाईसंगसंगै क्षमतालाई पनि बढाउ भनि वान टु वान काउनसिलिग गरेर अभिभावकको इच्छा , सपना र विद्यार्थीको उदेश्य अनुसार प्रोत्साहन गर्छौं ।'
२०७८ सालको एसइइमा मुलुकभरबाट ४२ जनाले ४ जीपीए ल्याएका छन । जसमध्ये २ जना एलिक्सारका छन् । इलिक्सारबाट परीक्षा दिने ४५मध्ये ४० जनाले ३.६५ र ३ जनाले ३.०६ भन्दा बढी जीपीए प्राप्त गरेका छन् । विद्यालयको यो सफलता अब्बल अध्यापक र मेहनती विद्यार्थीबीचको सहकार्य नै हो । त्यसैले विद्यालयले स्थापनाको १३ वर्षसम्म पनि शिक्षा, संस्कृति र रुपान्तरको आफ्नो उद्धेश्यलाई निरन्तर आत्मसाथ गर्दै आएको छ ।





























प्रतिक्रिया