सर्लाहीको हरिवन नगरपालिका – १० नयाँरोडमा कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। बुधबार दिउँसो पूर्व पश्चिम राजमार्गस्थित नयाँरोड चोकमा बा ७ च ९२२२ नम्बरको कारले विपरीत दिशाबाट जाँदै गरेको ना ३३ प २२९५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक हरिवन – ११ का ३८ वर्षीय गुरुप्रसाद ढुङ्गेलको मृत्यु भएको हो।
ढुङ्गेललाई हरिवनस्थित सरस्वती अस्पतालमा सामान्य उपचारपश्चात थप उपचारका लागि वयोधा अस्पताल वीरगन्ज पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ। दुर्घटनामा संलग्न कार र कारका चालक काठमाडौंको चन्द्रागिरी नगरपालिका(१, बस्ने ५० वर्षीय रवीन्द्र गिरी प्रहरी नियन्त्रणमा छन्।































प्रतिक्रिया