नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले कम्युनिष्ट बाहेक अन्य पार्टीबाट जनताले आशा नगरेको बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
अहिले राजनीतिक नेतृत्व पैसा र पदको लागि लागिपरेको उनको टिप्पणी छ । अध्यक्ष नेपालले नेपाली राजनीति र कम्युनिष्ट आन्दोलनमा विकसित व्यक्तिवाद अन्त्य गर्नुपर्ने बताए । उनले सिद्धान्त र आदर्शप्रति समर्पित हुने भएर जनभावनाअनुसार काम गर्न सक्नुपर्ने बताए।































प्रतिक्रिया