नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शनिवार बिहान बस्दैछ ।
बैठक बिहान ९ बजे पार्टी कार्यालय सानेपामा बस्न लागेको हो । बैठकमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन प्रयोजनका लागि दल दर्ता, गठबन्धनमा सिट संख्या दाबी लगायतका विषयमा छलफल हुने कांग्रेस प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए । बैठकमा निर्वाचनको तयारी, भदौ २ देखि २४ गतेसम्म देशव्यापी सञ्चालन हुने संगठन सुदृढीकरण अभियान तथा साउन ३० र ३१ गते हुने जनप्रतिनिधिको भेलाको विषयमा समेत छलफल हुनेछ ।
सरकारले आगामी मंसिर ४ गतेका लागि प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन गर्ने घोषणा गरिसकेको छ । पाँचदलीय गठबन्धनको नेतृत्व गरेर कांग्रेस चुनावमा होमिएको छ । गठबन्धन दलबीच सिट बाँडफाँडका लागि गठन गरिएको कार्यदलले पनि काम सुरु गरिसकेको छ ।































प्रतिक्रिया