प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ कार्यसूची

प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ कार्यसूची

केन्द्रबिन्दु
0
Shares

चार वर्ष अघि संघीय संसदमा दर्ता भएको बीमा विधेयक बल्ल पारित गर्ने तयारी भएको छ । 

२०७५ असार २७ गते दर्ता भएको विधेयक आज बस्ने प्रतिनिधिसभाको बैठकले पारित गरिने संसद सचिवालयले सम्भावित कार्यसुची सार्वजनिक गरेको छ । बिहान ११ बजे बस्ने बैठकमा अर्थ समितिको प्रतिवेदन सहितको बीमा विधेयक २०७५ र सार्वजनिक ऋण व्यवस्थापन विधेयक २०७६ माथि छलफल गरी पारित गरिने सम्भावित कार्यसूची रहेको सचिव गोपालनाथ योगीले जानकारी दिए । 

आजै शहरी क्षेत्र सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरण विधेयक २०७६ लाई पारित गरियोस् भन्ने प्रस्ताव यातायातमन्त्री मोहम्मद इस्तियाक राईले पेश गर्नेछन् । यस्तै, काठमाडौं उपत्यका सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरण विधेयक २०७६, स्टाण्डर्ड नाप र तौल (पाँचौ संशोधन) विधेयक २०७८ र प्रत्यायन विधेयक माथि प्राप्त संशोधनहरुलाई निर्णयार्थ प्रस्तुत गरिने सम्भावित कार्यसूची तय भएको छ ।

Logo