नेविसंघ पूर्वाञ्चल विश्वविद्यालय समितिले दियो आन्दोलनको चेतावनी

नेविसंघ पूर्वाञ्चल विश्वविद्यालय समितिले दियो आन्दोलनको चेतावनी

केन्द्रबिन्दु
0
Shares

नेपाल विद्यार्थी संघ पूर्वाञ्चल विश्वविद्यालय केन्द्रीय समन्वय समितिले पूर्वाञ्चल विश्वविद्यालय भित्रका समस्या समाधान र बेथिती अन्त्य गर्न ४८ घण्टे अल्टिमेटम दिँदै आन्दोलनको चेतावनी दिएको छ।

आइतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर समितिले सशक्त आन्दोलन गर्ने चेतावनी दिएको हो। नेविसंघले विद्यार्थीको आन्दोलनले पुर्याएको क्षतिको जवाफदेही विश्वविद्यालय हुनुपर्ने जनाएको छ।

इन्जिनियर, मेडिकल तथा अप्लाइडेड साइन्स लगायत अरु संकायहरुको वार्षिक र सेमेस्टर प्रणालीमा मौका परीक्षाको व्यवस्था गर्नु पर्ने, परिक्षा नियमावली २०७० संशोधन तथा परिमार्जन गरि तत्काल कार्यन्यावन गरिनु पर्ने, चक्रवति हवि कलेजमा गरिएको चर्को मुल्यवृद्धि तत्काल फिर्ता गरि आवश्यक छानबिन गरिनुपर्ने लगायतका १५ वटामा नेविसंघले अघि सारेको छ।

त्यस्तै, नेविसंघले चर्को सम्बन्धन शुल्क मिनाहा गरिनु पर्ने, परिक्षा नतिजा ३ महिना भित्र प्रकाशन गरिसक्नु पर्ने, परिक्षा फाराम अनलाइन प्रणालीबाट भर्नेव्यवस्था मिलाइनु पर्ने, पूर्वाञ्चल विश्वविद्यालयको सम्पर्क कार्यालय काठमाडौँमा राख्नुपर्ने माग गरेको छ।

पत्रकार सम्मेलनमा बोल्दै नेविसंघ पूर्वाञ्चल विश्वविद्यालयका कार्यबाहक अध्यक्ष विजय फुलाराले ४८ घण्टाभित्र युनिभर्सिटीले माग पुरा नगरे सबैसँग समन्वय गरेर कडा आन्दोलन गर्ने चेतावनी दिएका छन्। उनले आन्दोलन व्यक्तिगत फाइदाको लागि नभई युनिर्भसिटीमा अध्ययनरत सबै विद्यार्थीको हितको लािग गरिरहेको बताए।

उनले भने,‘यो आन्दोलन दुर्गम स्थानबाट ऋण खोजेर छोराछोरीलाई पढ्न पठाएका आमा(बावु र भविष्य बनाउन आएका विद्यार्थीहरुको हितमा छ।’ युनिभर्सिटीले हजारौ गरिबका छोराछोरीको भविष्य चकनाचुर पारिरहेको उनको भनाई थियो।

उक्त युनिभर्सिटी अन्तर्गत काठमाडौं उपत्यकामा हजारौ कलेज रहेको उल्लेख गर्दै लाखौ विद्यार्थीहरु ट्रान्सक्रिप्ट लिनकै लागि काठमाडौंबाट विराटनगर पुग्न पर्ने ठुलो समस्या रहेको बताए। यसभन्दा अघि पनि धेरै पटक आन्दोलन गरेको भन्दै प्रशासनले आजका दिनसम्म आफूहरूको मागबारे ध्यान नदिएको गुनासो पोखे।

यसैगरी, केवाईसी कलेज नेविसंघका इकाई समितिका सदस्य भीमराज भण्डारीले सधै विश्वविद्यालयले एउटै कलेजमा परीक्षा केन्द्र राख्दै आएकोमा आपत्ति जनाए। उनले भने,‘यस्तो एउटा लज्जास्पद अवस्था छ पुर्वाञ्चल विश्वविद्यालयको ।’त्यस्तै, नतिजा प्रकाशन तीन महिनामै गर्न सकिने भएपनि निकै ढिलो गर्दा विद्यार्थीको भविष्यमाथि खेलवाड भइरहेको बताए।

मोर्डन कलेजका इकाई सभापति सुनिल शाहीले विश्वविद्यालयले विद्यार्थीहरुको भविष्यमाथि खेलवाड गरिरहेको बताए । युनिभर्सिटीमा विद्यार्थीले भविष्यको सपना देखेर आएपनि विश्वविद्यालयले आफूहरूलाई सम्मान गर्न नसकेकोमा आपक्ति जनाए। उनले भने,‘हामीहरुले भोगेको समस्या अब आउने भाईबहिनीहरुले भोग्न नपरोस् भनेर माघ अघि सारेका छौँ।’

त्यस्तै, केसीसी कलेज नेविसंघ इकाई सभापति केशवराज जोशीले आफुले भविष्य देखेर पुर्वाञ्चल विश्वविद्यालय प्रवेश गरेपनि विश्वविद्यालयले विद्यार्थीहरुलाई अपहेलना गरेको बताए। उनले पुर्वाञ्चल विश्वविद्यालय ५ जना व्यक्तिले मात्र सञ्चालन गर्दै आएको उल्लेख गरे। ५ जनाले मात्र चलाउन नसक्ने ठोकुवा गर्दै विश्वविद्यालय सञ्चालन गर्न सिस्टम चाहिने उनको भनाई थियो।

यसैगरी, नील बृद्ध कलेजका नेविसंघ इकाई सभापति यज्ञ खड्का हरेक दुर्गम स्थानका विद्यार्थीहरुले शिक्षामा पहुँच पाउन्पर्ने बताए। पुर्वाञ्चल युनिभर्सिटीले गरेको विद्यार्थीहरुप्रति अनादारविरुद्ध आफुहरु आन्दोलित भएको उनले स्पष्ट पारे।

भट्टले विद्यार्थीले राखेका जायज माग विश्वविद्यालयका पदाधिकारीहरुले पुरा नगरे कडा आन्दोलन गर्ने चेतावनी समेत दिए। कार्यक्रममा होप कलेजका नेविसंघ काउन्सिल सभापति विनोद शाही ठकुरीले पनि आफ्नो भनाई राखेका थिए।

Skip This
Skip This
Logo