मापसे गरेर स्कुल बस चलाउने ६ जना चालक कारबाहीमा

मापसे गरेर स्कुल बस चलाउने ६ जना चालक कारबाहीमा

केन्द्रबिन्दु
0
Shares

काठमाण्डौमा मादक पदार्थ सेवन गरेर स्कुल बस चलाउने ६ जना चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ । आज आइतवार बिहान गरेको जाँचका क्रममा १४ वटा स्कुल बसका चालक कारबाहीमा परेका र उनीहरूमध्ये ६ जनाले जाँड–रक्सी खाएर स्कुल बस चलाएको पाइएको काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

ट्राफिक प्रहरीले आउँदा दिनमा समेत स्कुल बस चलाउनेहरूलाई ट्राफिक जाँच तथा ट्राफिक सचेतनाका कार्यक्रम नियमित गर्ने जनाएको छ । काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयले यही साउनको आठ गतेदेखि स्कुल बस निर्देशिका २०७४ विपरीत ट्राफिक नियम उल्लङ्घन गर्ने स्कुल बसहरूलाई कारबाही तथा सचेत गराउने अभियान थालेको हो ।

यसअघि साउन १५ गते पनि ट्राफिक प्रहरीले जाँड–रक्सी खाएर स्कुल बस चलाउने पाँच जना चालकलाई कारबाही गरेको थियो । 

Skip This
Skip This
Logo