सीपीएलमा सन्दीप अनुबन्धित जमैकाको दोस्रो जित

सीपीएलमा सन्दीप अनुबन्धित जमैकाको दोस्रो जित

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

सीपीएलमा यसअघि २ खेलमा पराजित र एक खेलमा जित हात पारेको नेपाली स्पिनर सन्दीप लामिछाने अनुबन्धित टिम जमैका तलाबाजले दोस्रो जित हात पारेको छ । आज बिहान सकिएको खेलमा जमैकाले गुएना एमेजन वारियर्सलाई ५ विकेटले पराजित गरेको हो ।

सीपीएलमा नेपाली स्पिनर सन्दीप लामिछानेले आफ्नो उत्कृष्ट प्रदर्शनलाई लगातार कायम राखेका छन् ।

आजको खेलमा पहिले ब्याटिङ गरेको गुएनाले ९ विकेट गुमाएर ११३ रन मात्र बनाएको थियो । त्यसमा सन्दीपले ४ ओभर बलिङ गर्दै १२ रन मात्र खर्चेर एक विकेट लिएका थिए । उनले सेरफन रडरफोर्डको विकेट लिएका हुन् ।

जवाफमा जमैकाले १८ ओभरमा ५ विकेट गुमाएर ११३ रन बनाएसँगै जित हात पारेको हो । जमैका अंक तालिकाको चौथो स्थानमा छ ।

Logo