काठमाडौं उपत्यकाबाट फोहोर बोकेर ल्यान्डफिल साइट गएका गाडी नुवाकोटको आलेटार र सिसडोलमा रोकिएको छ। बञ्चरेडाँडा वरपरका स्थानीय बासिन्दाले फोहोर विसर्जनमा अवरोध गरेसँगै फोहोर रोकिएको महानगरपालिकाले जनाएको छ।
अगाडि पछाडि प्रहरीका गाडी पनि छन्। तर स्थानीयको अवरोधका कारण गाडी अघि बढ्न नसकेका हुन्। महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरका अनुसार स्थानीय बासिन्दा हातमा ढुंगा बोकेर डाँडामा बसेका छन्।
फोहोर लैजान नदिनका लागि डाँडा, खोल्चाखोल्ची लगायत सबै ठाउँमा स्थानीय भेला भएर बसेका छन्। तत्कालै फोहोर लैजान सक्ने अवस्था नरहेको काठमाडौं महानगरपालिका वातावरण विभागले जनाएको छ ।































प्रतिक्रिया