निर्वाचन प्रयोजनका लागि विवेकशील साझाले गरायो दल दर्ता

निर्वाचन प्रयोजनका लागि विवेकशील साझाले गरायो दल दर्ता

केन्द्रबिन्दु
0
Shares

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनमा भाग लिनका लागि विवेकशील साझा पार्टीले दल दर्ता गरेको छ । 
मंगलबार दिउँसो निर्वाचन आयोगमा पुगेर पार्टीले दल दर्ता गरेको हो । पार्टी अध्यक्ष समीक्षा बास्कोटा, संयोजक सञ्जीववल्लभ भट्टराई, संस्थापक नेता प्रकाशचन्द्र परियार, कार्यालय व्यवस्थापन उपप्रमुख नवराज थापासहितका नेताहरु आगामी निर्वाचन प्रयोजनार्थ दल दर्ता गर्न पुगेका थिए ।

आइतबार पार्टीले अध्यक्ष पदबाट रविन्द्र मिश्रले दिएको राजीनामा स्वीकृत गर्दै अध्यक्षमा बास्कोटा र संयोजकमा भट्टराईलाई चयन गरेको थियो । निर्वाचन आयोगले आयोगले साउन २२ देखि ३१ गतेसम्मका लागि दल दर्ताको समय दिएको थियो । यस समयभित्र कतिपय दल दर्ता भइसकेका छन् भने बाँकी दल मंगलबारसम्म दर्ता हुनेछन् । 

Skip This
Skip This
Logo