काठमाडौं उपत्यकाको फोहर व्यवस्थापनस्थल बन्चरेडाँडाका स्थानीयवासी र प्रहरीबीच झडप भएको छ । सोमबारदेखि नै काठमाडौं उपत्यकाबाट फोहर बोकेर गएका ट्रकलाई अवरोध गर्ने समूह र प्रहरीबीच मंगलबार झडप भएको हो ।
झडपका क्रममा प्रहरीले केही सेल अश्रुग्याँस प्रहार गर्नुका साथै हवाई फायर समेत गरेको काठमाडौं प्रहरी परिसरले जनाएको छ । फोहोरको गाडी लिएर अगाडी बढ्न खोज्दा स्थानीयले अवरोध गरेपछि प्रहरीले अश्रुग्याँस हानेको थियो ।
प्रहरीका अनुसार स्थानीयबासिन्दाले प्रहरीमाथि नै ढुंगामुढा गरेपछि हवाई फायर गर्नु परेको थियो । स्थानीयवासीले प्रहरीलाई ढुंगा मुढा गर्नुका साथै गुलेली पनि प्रहार गरेका थिए ।
स्थानीयवासीले सोमवारदेखि नै बन्चरेडाँडामा फोहर बोकेका ट्रक जान अवरोध गरेका थिए । उनीहरूले सोमबारदेखि नै अवरोध सिर्जना गरेका थिए । झडपअघि स्थानीयबासीले प्रहरीलाई माइकिङ गर्दै प्रहरीलाई हट्न चेतावनी दिएका थिए ।





























प्रतिक्रिया