धरानको खानेपानी समस्या समाधान गर्न सरकार प्रतिबद्ध छ : अर्थमन्त्री शर्मा

धरानको खानेपानी समस्या समाधान गर्न सरकार प्रतिबद्ध छ : अर्थमन्त्री शर्मा

केन्द्रबिन्दु
0
Shares

अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले  धरान उपमहानगरपालिकाको खानेपानीको समस्या समाधानका लागि आबश्यक सहयोग गर्न संघीय सरकार प्रतिबद्द रहेको बताएका छन् ।

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ्गसँग मंगलबार अर्थ मन्त्रालयमा भएको भेटका मन्त्री शर्माले आवश्यक प्राबिधिक तयारी सकिएपछि खानेपानी आयोजना सम्पन्न गर्न आवश्यक पर्ने बजेट जुटाउन संघीय सरकारले महानगरपालिकालाइ सहयोग गर्ने आश्वसन दिए ।

भेटमा मन्त्री शर्माले मेयर साम्पाङ्ग र उनको टिमले  धरानका जनताको  खानेपानीको समस्या समाधान गर्न गर्नुभएको जनपरिचालनको प्रशंशा गरे। ‘तपाईंले अहिले खानेपानीको समस्या समाधानका लागि गरिरहेको जनपरिचालन निक्कै उदाहरणीय छ’, मन्त्री शर्माले भने ।

भेटमा मेयर साम्पाङ्गले धरानमा खानेपानीको मुख्य  समस्या रहेको र यसलाई समाधान गर्न संघीय सरकारको सहयोग आवश्यक रहेको बताए। भेटमा धरान महानगरपालिकाका उपमेयर अईन्द्र बिक्रम बेघा पनि थिए ।

Skip This
Skip This
Logo