थपिए ८४८ जना कोरोना संक्रमित, ५२६ संक्रमणमुक्त

थपिए ८४८ जना कोरोना संक्रमित, ५२६ संक्रमणमुक्त

केन्द्रबिन्दु
0
Shares

 पछिल्लो २४ घन्टामा देशभर ८ सय ४८ जना कोरोना संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार ५ हजार ६१९ जनामा गरिएको परीक्षणमा ८ सय ४८ जना संक्रमित भेटिएका हुन्। 

त्यस्तै  थप १ जना संक्रमितको मृत्यु भएको छ भने ५ सय २६ जना संक्रमणमुक्त भएका छन्।

मन्त्रालयको विवरणअनुसार हाल देशभर ५ हजार २ सय ५९ जना सक्रिय संक्रमित रहेका छन्। सक्रिय संक्रमितमध्ये ४ जना संक्रमित भेन्टिलेटरमा र ६८ जना संक्रमित आइसियूमा उपचाररत छन्। १९७ जना संस्थागत आइसोलेशनमा र ५ हजार ६२ जना संक्रमित होम आइसोलेशनमा छन्।

Skip This
Skip This
Logo