सबै अवरोध हटेको मेयर शाहको दाबी, केही दिनमै सबै फोहोर उठिसक्ने

सबै अवरोध हटेको मेयर शाहको दाबी, केही दिनमै सबै फोहोर उठिसक्ने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं महानगरपालिकाका मेयर बलेन शाहले फोहोर व्यवस्थापनमा हुँदै आएको सम्पूर्ण अवरोधहरु हटेको  बताएका छन् । उनका अनुसार बिहीबार मात्रै २८४ गाडी फोहोर बन्चरे पुगेका छन् । यहि क्रम जारी रहेमा केही दिनमा नै सबै फोहोर उठिसक्ने उनको भनाइ छ ।

“ हामीसँग सिमित मात्रामा फोहोर बोक्ने ट्रकहरु रहेका छन् । ट्रिपर, ट्रक जस्ता ठुला मेसिनरीका व्यवसायीहरुको सहयोगले मात्रै छोटो समयमा धेरै भन्दा धेरै फोहोर उठाउन सकिन्छ । उनले सामाजिक सञ्जालमा लेखे का छन्,  हाम्रो आग्रह स्वीकारेर फोहोर ढुवानी गर्न सहयोग गर्नु हुने समानान्तर ( निशुल्क ३० वटा), नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ (इन्धन महानगरले भर्ने गरी १८ वटा ), नेपाल ट्रिपर तथा ट्रक व्यवसायी समिति, गाडी चालक, सहयोगी लगायत सम्बद्ध सबैप्रति हामी आभारी छौँ ।”

Skip This
Skip This
Logo