थारु समुदायमा परम्परागत हरेरी पूजा मनाइयो

थारु समुदायमा परम्परागत हरेरी पूजा मनाइयो

केन्द्रबिन्दु
0
Shares

पश्चिम तराईका थारु समुदायले धान उत्पादनमा वृद्धि हुने विश्वासका साथ हरेरी पूजा मनाएका छन्।

पूरानै परम्परागत हरेरी पूजा गर्दै अएका थारु समुदायले यस वर्ष पनि धान उत्पादनमा वृद्धि हुने विश्वासका साथ हरेरी पूजा मनाएका हुन्।

धानमा किरा लाग्नबाट बचाउन र धान उत्पादनमा वृद्धि हुने विश्वासले हरेरी पूजा गर्ने गर्छन्।

धान रोपाइँ सकेको केही दिनपछि पश्चिम तराईका थारु समुदायमा गाउँभरका मानिसहरूले रकम संकलन गर्छन्। संकलन भएको रकमले पूजा सामग्री किन्ने र देवी देवतालाई चढाउनका लागि मिठाइ किनेर देवी माताका जनावर र देवी, देवताहरूको मूर्ति बनाएर पूजा गर्ने चलन छ।

हरेरी पूजा गरेपछि धान उत्पादनमा वृद्धि र धानमा किरा समेत नलाग्ने गरेको बर्दिया जिल्लाको बढैया ताल गाउँपालिका ५ का बरघर गोविन्दप्रसाद थारुले बताए।

थारुहरूको दानवा भन्ने देवताले धानमा लाग्ने किराहरु लाग्नबाट जोगाउनका साथै उत्पादनमा वृद्धि गराउने उनको भनाइ छ।

हरेरी पूजा गर्दा उत्पादनमा वृद्धि हुनुका साथै रोगव्याधी नलाग्ने थारु समुदायको विश्वास छ।

Skip This
Skip This
Logo