भरुवा बन्दुक र ५ किलो चाँदीसहित दुई जना पक्राउ

भरुवा बन्दुक र ५ किलो चाँदीसहित दुई जना पक्राउ

केन्द्रबिन्दु
0
Shares

प्रहरीले जितपुर सिमरा उपमहानगरपालिका- १७ रामनगर गुम्बा टोल बस्ने सँजिव बललाई भरुवा बन्दुकसहित पक्राउ गरेको हो।

प्रहरी चौकी जैतापुर, बारा समेतबाट खटिएको प्रहरी टोलीले बलको घरबाट सिरकले लुकाई राखिएको एक थान लोड गरिएको भरुवा बन्दुक र सोमा प्रयोग हुने पाँच थान बेरिङ बरामद गरेको छ।

यसैगरी बाराको बिश्रामपुर गाउँपालिका-१ छतवाबाट प्रहरीले चाँदी र सुनसहित एक जनालाई पक्राउ गरेको छ। सिमा प्रहरी चौकी छतवा बाराबाट खटिएको प्रहरी टोलीले सोही गाउँपालिकाको वडा नम्बर २ बस्ने २९ बर्षिय रामबिनय साहलाई चाँदी र सुन सहित पक्राउ गरेको हो।

ना ६१ प ९३४० नम्बरको मोटरसाइकलमा भारतबाट अवैध रूपमा भन्सार छली नेपाल भित्राएको अवस्थामा साहको साथबाट ५ किलो ९९८ ग्राम चाँदी र ५७.६१ ग्राम सुन बरामद गरिएको बाराका प्रहरी प्रबक्ता राजेश थापाले जानकारी दिए।

चाँदी र सुनसहित पक्राउ परेका साहलाई आवशयक कारवाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाईने उनले बताए।

Logo