उपसभामुख पुष्पा भुसाल गौतमलाई मातृशोक

उपसभामुख पुष्पा भुसाल गौतमलाई मातृशोक

केन्द्रबिन्दु
0
Shares

 उपसभामुख पुष्पा भुसाल गौतमलाई मातृशोक परेको छ।

उपसभामुख गौतमकी आमा ९१ वर्षीया शारदा गौतमको शनिबार बूढानीलकण्ठस्थित निवासमै निधन भएको हो।

दिवंगत शारदा गौतम नेपाली राष्ट्रिय कांग्रेसका संस्थापक मध्येका एक, वीपी कोइराला नेतृत्वको पहिलो जननिर्वाचित सरकारका स्वास्थ्यमन्त्री काशीनाथ गौतमकी जीवनसंगिनी हुन्। 

उनको आज नै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने बताइएको छ।

Logo