गुल्मीमा बेवारिसे शव फेला परेको छ। जिल्लाको इश्मा गाउँपालिका –१ हस्तिचौरको बसेनी सामुदायिक वनमा बेवारिसे महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । शनिबार बिहान स्थानीय बासिन्दाले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।
प्रहरी प्रमुख दाहाल सहितको टोली अहिले सोही स्थलमै रहेकाले थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार शव सडेको अवस्थामा भएकाले पहिचान गर्न समस्या भएको छ।
शरीरमा रातो चोलो र चुरा भएकाले यसैलाई आधार मानेर अनुसन्धान भइरहेको छ । शव हेर्दा अन्दाजी ६० वर्ष आसपासको हुन सक्ने प्रहरीले अनुमान गरेको छ।































प्रतिक्रिया