काठमाडौँ । कीर्तिपुरको चोभारगेट नजिकै महानगरीय प्रहरी वृत्त कीर्तिपुरको गाडी दुर्घटनामा परेको छ। वृत्तको बा १ झ ८०६४ नम्बरको गाडी दुर्घटनामा परेको हो ।
मंगलबार बिहान पौने १० बजे पाँगाबाट सुन्दरीघाटतर्फ जाँदै गरेको भ्यान दुर्घटनामा परेको हो । भ्यानमा ११ जना सवार थिए। त्यसमध्ये सात जना घाइते भएको वृत्तले जनाएको छ। उनीहरूको उपचारका लागि कीर्तिपुर अस्पतालमा पठाइएको छ।
गाडीको ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।





























प्रतिक्रिया